समाचार

टेलिकमको रिचार्जलगायत केही सेवा अवरूद्ध हुने



काठमाडौँ, ११ असार । नेपाल टेलिकमको आज राति ४ घण्टा आफ्ना केही सेवाहरु अवरुद्ध हुने भएको छ ।

नियमित मर्मत सम्भारका क्रममा आज राति ११ः४५ बजेदेखि ५ घण्टासम्म प्याकेज सब्सक्रिप्सन, क्वारी र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने टेलिकमले जारी गरेको सूचनामा उल्लेख छ । अन्य सेवाहरु भने सुचारु हुने टेलिकमले जनाएको छ ।