राजनीति

ललिता निवास प्रकरण : सर्वोच्चद्वारा कारण देखाउ आदेश



काठमाडौँ, १५ असार । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरू दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

आज न्यायाधिश डा. कुमार चुडालको इजलासले सो प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित दर्ता गरेको मुद्दामा गृह मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको हो ।