अर्थ

बजेटको लक्ष्य लोकप्रिय छ : मन्त्री महत



पोखरा, १६ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल प्रस्ताव गरिएको बजेटको लक्ष्य लोकप्रिय रहेको बताएका छन् ।

आज बिहान प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री डा. महतले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताएका छन् ।

महतले भने, ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ ।’ उनले समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकमान्तर हुने कार्यलाई पूर्णरुपमा निषेध गरेको दाबी समेत गरे ।

नेपालमा पुँजीगत खर्च नहुने ठूलो समस्या रहेको बताउँदै उनले अब यो बजेटबाट सुधार हुने बताए । बढी सुविधा लिइरहेको तर करको दायरामा नआएको वर्गलाई करको दायरामा ल्याउने कामसमेत गरिएको उनको भनाइ छ ।