राजनीति

बोल्दा हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो : महामन्त्री शर्मा



काठमाडौँ, २२ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गम्भीर विषयमा बोल्दा हेक्का नराख्नु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गल्ती भएको बताएका छन् ।

आज पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँगको कुराकानीमा बोल्दा सबैले ध्यान दिनुपर्ने बताए । प्रधानमन्त्रीको पछिल्लो विवादास्पद अभिव्यक्तिका विषयमा उनले त्यस्तो बताएका हुन् ।

उनले भने, “यस्तो गम्भीर विषयमा बोल्दा सांसदले, सामान्य नागरिकले पनि गम्भीरता राख्नुपर्छ । गम्भीरताको हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो ।” शर्माले प्रश्न उठाउने विपक्षीको अधिकार भएको पनि बताए । तर, गएको पुस १० गते नेकपा (एमाले)कै सक्रियतामा प्रचण्ड प्रधानमन्त्री बनेको भन्दै हस्ताक्षर गर्नेहरूले आफूले बनाएको भन्नुपर्ने बताए ।

“जो मित्रहरूले गम्भीर प्रश्न उठाइरहनुभएको छ । प्रश्न उठाउने विपक्षको अधिकारको सम्मान गर्नुपर्छ । पुष्पकमल दाहाल प्रधानमन्त्री बन्दा उहाँहरूकै अग्रसरतमा भएको हो भन्ने सम्झिनुपर्छ,” उनी भन्छन् ।