राजनीति

भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता



काठमाडौँ, १ साउन । परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी एस जयंशकरबीच थाइल्यान्डको बैंककमा सोमबार भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ९बिम्स्टेक० सदस्य मुलुकका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा दुई समकक्षीबीच वार्ता भएको हो

बैंककमा बिम्स्टेकका विदेशमन्त्रीहरूको दुईदिने बैठकका क्रममा भएको ‘साइडलाइन’ वार्ता उपलब्धिमूलक भएको दुवै पक्षले जनाएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली समकक्षीसँगको वार्तालाई ‘फलदायी’ भनेका छन् ।