राजनीति

अध्यक्ष ओली कम्बोडिया प्रस्थान



काठमाडौँ, ३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।

उनी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् । ओली कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि गएका हुन् । ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन् ।