समाचार

बेलायतमा नर्सका लागि आवेदन फारम यसरी भर्न सकिन्छ



काठमाडौँ, ५ साउन । बेलायतमा रोजगारीका लागि १०० जना नर्सको माग भएको छ । दुवै देशबीच भएको श्रम सम्झौताअनुसार पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन आह्वान गरिएको हो । त्यसका लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

https://ferms.dofe.gov.np/auth/login  मा गएर १९ अक्टोबर २०२३ सम्म आवेदन दिन सकिनेछ । अनलाइनमा गइसकेपछि आफ्नो युजर आईडी बनाउनुपर्छ । रजिष्ट्रेशन गर्दा आफ्नो पासपोर्ट नम्बर, जन्ममिति, आफ्नो पुरा नाम, इमेल, फोन नम्बर सबै पेश गर्नुपर्नेछ । सोही आधारमा अनलाइनमा रजिष्ट्रेशन हुनेछ । र त्यही आधारमा आवेदन फारम भर्न सकिनेछ ।

यसका लागि विभिन्न मापदण्ड तोकिएको छ । हेल्य केयर असिस्टेन्ट (स्वास्थ्य सहायक) पदका लागि जान पाउनेछन् । उनीहरूले मासिक २ हजार ३६७ पाउण्ड (आजको बिनिमय दरअनुसार ४ लाख २ हजार ९८९.५२ रूपैयाँ) तलब पाउनेछन् । त्यसमा कर, बीमाको पैसा काटिनेछ ।