समाचार

इटहरीमा सवारी दुर्घटना: तीनजनाको मृत्यु, एक घाइते 



विराटनगर, ६ सान । सुनसरीको इटहरीमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी १६ बस्ने करण चौधरी, सोही स्थानका शम्भु चौधरी र अनिनेश चौधरी छन् । कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति इटहरीको कान्छी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार मोटरसाइकल र पिकअप शुक्रबार राति १०ः४० बजे  ठोक्किएका थिए ।

पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्ल्यु बी ७३ इ ९११७ को पिकअप भ्यानसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चार जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।  उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । पिकअप चालक भारत दार्जिलिङ निवासी  गोविन्द वरमुन प्रहरी नियन्त्रणमा छन् ।