राजनीति

अध्यक्ष बस्नेतविरुद्ध गृहमन्त्री श्रेष्ठको उजुरी फिर्ता



काठमाडौँ, ६ साउन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध साईवर क्राइममा दिएको उजुरी फिर्ता लिएका छन ।

बस्नेत र मन्त्री श्रेष्ठबीच आज भएको भेटमा आपसी असमझदारीलाई हटाई मित्रवत ढंगले अगाडी बढ्ने सहमति जनाई गृहमन्त्री श्रेष्ठले आफ्नो सचिवालयको तर्फबाट दिएको उजुरी फिर्ता लिएका हुन ।

छलफलपछि आफ्नो सामाजिक सञ्जालमा अध्यक्ष बस्नेतले लेखेका छन, ‘माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग आज छलफल भयो । उहाँले पुरानै मित्रवत शैलीमा गणेशजीले नै मेरोबारे यस्तो लेख्ने रु भनेर हास्नु भयो । मैले तपाईलाई नै किटान गरेर कहाँ लेखेको छु भने । छलफलबाट निचोड निकालियो-अहिलेसम्मको असहमतीको अन्त्य गर्ने । नेपाल प्रहरीको साइबर ब्यूरोमा सचिवालयबाट मेरोविरुद हालेको उजुरी फिर्ता भएको छ । धन्यवाद माननीय गृहमन्त्री नारायणकाजी कमरेड । केही बुझाईमा फरक परेछ हामीबीच तर नियत गलत थिएन । विमानस्थलमा बरामद सुन प्रकरणमा मैले प्रश्न गरेको थिए, त्यो प्रश्नले मेरो नियतमाथि नै प्रश्न उठाउने काम भयो गणेशजी भन्नुभयो, मेरो कारणले तपाईको प्रतिष्ठामा परेको असरप्रति दुःख व्यक्त गर्छु भने । उहाँले अंगालो हाल्नु भयो । समस्याको समाधान भयो । प्रेस चौतारी नेपालको आन्दोलनका सवै कार्यक्रम स्थिगत भएको छ । साथै भ्रष्टाचारविरुद्धको अभियानमा एक्यवद्दता जनाइयो ।’