राजनीति

सेनाको संख्या घटाउने होइन, एयरफोर्स खडा गर्नु पर्छः अध्यक्ष थापा



काठमाडौँ ७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउने नभइ एयरफोर्स बनाउनु पर्नेमा जोड गरेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत एयरफोर्स खडा गर्नुपर्ने धारणा राखेका हुन् । उनले भनेका छन, ‘नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्नेहरु आत्मसमर्पणवादी हिनताबाट ग्रसित छन्, नेपालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सेनालाई थप साधन श्रोत दिई चुस्त दुरुस्त राख्नु पर्छ, नेपाली एयरफोर्स खडा गर्नुपर्छ,’ ‘शान्ति सेना, राष्ट्र निर्माण र विपद न्युनिकरणको काममा सेनाको प्रयोग बढाउनु पर्छ ।’