राजनीति

प्रधानमन्त्री दाहाल चीन भ्रमणमा जाँदै



काठमाडौँ, ७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन र अमेरिका भ्रमण जाने भएका छ । आगामी असोजको पहिलो साता हुने उक्त भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले सुरु गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । एसियन खेलको उद्घाटन चीनका राष्ट्रपति तथा प्रधानमन्त्रीमध्ये एकजनाले गर्नेछन् ।