राजनीति

हरेक काँधमा जिम्मेवारी हरेक हातमा काम हुनुपर्छ : महामन्त्री शर्मा



काठमाडौँ, ८ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरेक काँधमा जिम्मेवारी हरेक हातमा काम हुने बताएका छन् ।

आजको केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिँदै उनले भने, ‘नेपाली कांग्रेसले कसैलाई बिर्सिँदैन। हामी केही नवीनतामा जानु आवश्यकता छ। हरेक काँधमा जिम्मेवारी हरेक हातमा काम हुनुपर्छ। सहमहामन्त्रीहरूबाटै कुरा गरौँ। कोही केन्द्रीय सदस्यको हात खाली नराखौँ काम गरौँ।’

यस्तै भ्रातृ संस्थामा सुधारको आवश्यकता रहेको भन्दै उनले कानुन हातमा लिनेको सदस्यता खारेज गरेर जानुपर्ने बताए । ‘भ्रातृ संस्थाबारे केही कुरा गरौँ। कानुन हातमा लिनेको सदस्यता खारेज गरेर जानुपर्छ। कतै कालोमोसो दले सिङ्गो कांग्रेस बदनाम भइरहेको छ,’ उनले भने ।  विदेशमा रहेका नेपालीलाई जोडेर अन्तर्राष्ट्रिय अधिवेशन गरी महाधिवेशनमा प्रतिनिधि बनाउनुपर्ने महामन्त्री शर्माले बताए । ‘‘बाहिर नेपाली समुदाय फैलिएको छ। यो समुदायलाई जोड्न अन्तर्राष्ट्रिय अधिवेशन गरेर प्रतिनिधि यहाँ सहभागी गराउन सक्नुपर्छ, ’ भने ।