काठमाडौँ, ९ साउन । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी गुट, उपगुटमा नराम्रोसँग फसेको बताएका छन् ।
आज काठमाडौँमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले उनले नेपालको राजनीति नै अनिश्चितताको भूमरीमा फसेको पनि बताए ।
नेपालको राजनीति अन्योलपूर्ण, तरल, अस्थिर र अनिश्चिततामा फसेको बताए । उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने पनि बताए ।
उनले भने, “नेपाली कांग्रेसको पाइलट सभापति हो, अरु पदाधिकारी, सदस्य सभापतिको सहयोगी हुन्, को पाइलट हुन्,” “गुट, उपगुटमा नेपाली कांग्रेस नराम्रोसँग फसेको छ । देशको राजनीतिको अवस्था खराब छ ।”
प्रतिक्रिया दिनुहोस्