काठमाडौँ, ९ साउन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनी दायराबाट कुनै दोषी नउम्कने गरी काम गरी रहेको बताएको छन् ।
आज गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले निर्दोष नपरून् दोषी नछुट्ने गरी काम गरेको उल्लेख गरे ।
उनले भने, ‘अहिले राष्ट्रिय कार्यभार, सुशासन, समृद्धि र सामाजिक न्यायलाई एक सूत्रीय कार्यक्रम बनाएर सरकार अघि बढेको छ । सुशासनलाई पूर्व सर्त बनाएर प्रधानमन्त्री अघि बढ्नु भएको छ’ ‘पार्टी वा व्यक्तिहरू कुन हैसियतका छन् भन्नेमा निरपेक्षतामा रहेर कुनै पूर्वाग्रह नराखेर कुनै दोषीलाई नछोड्ने गरी काम गर्ने छौँ ।’
प्रतिक्रिया दिनुहोस्