काठमाडौँ, १० साउन । साउन २ गतेदेखि चलेको नेपाली कांग्रेसको केन्दिय कार्यसमितिको बैठक बुधबार सकिंदैछ ।
मंगलबार बसेको बैठकले निर्णय लेखनमा सहमति जुटाउन नसकेपछि बुधबार फेरी पदाधिकारी बैठक बसेर निर्णयलाई अन्तिम रुप दिने तयारी गरिएको छ । पदाधिकारी बैठकले तयार पारेको निर्णय दिउँसो ४ बजे बस्ने केन्द्रिय कार्यसमितिको बठकले पारित गर्नेछ ।
कांग्रेसले आगामि मंसिरमा नीति महाधिवेशन गर्ने विषयमा भने समझदारी जुटाएको छ । महामन्त्री गगन थापाले प्रस्तुत गरेको एक वर्षे कार्यायोजना र २०८२ सालभित्रै पार्टीको १५ औं महाधिवेशन गर्ने प्रस्तावबारे नेताहरुबिच सहमति जुट्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्