राजनीति

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित 



काठमाडौं, ११ साउन । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । राष्ट्रियसभाको बिहीबार बसेको दोस्रो बैठकबाट उक्त विधेयक सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

सरकारले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी समस्या समाधानका लागि यो विधेयक अघि बढाएको थियो । अब यो विधेयक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमाणित गरेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनेछन् । राष्ट्रपतिले प्रमाणित गरेपछि कानुन बन्नेछ ।

योसँगै राष्ट्रियसभाको अर्को बैठक यही साउन १८ गते बिहीबार दिउसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ ।