समाचार

१६ वर्षीया किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ



काठमाडौँ, ११ साउन । उदयपुरमा १६ वर्षीया किशोरीलाई जंगलमा लगेर बलात्कार गर्ने युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार बेलका नगरपालिका–१, मिलनटोल बस्ने २१ वर्षीय नितेश कार्कीलाई बुधबार बेलुकी पक्राउ गरेको हो ।

कार्कीले ती किशोरीलाई सोही ठाउँस्थित सामुदायिक जंगलमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी भागलपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।