राजनीति

भ्रष्टाचार र तस्करीविरुद्धको जेहाद छेडने क्रम रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, १४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारी र तस्करीविरुद्धको जेहाद छेड्ने क्रम नरोकिने बताएका छन् । 

आज समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारविरोधी वा तस्करीका विरुद्ध जेहाद छेडिँदैछ । यो कदम यहि रोकिँदैन, रोकिनेवाला छैन निरन्तर अगाडि बढनेवाला छ ।’

नेपाल राष्ट्रको एकता, सम्मृद्धि र विकास निर्माणका लागि यो लडाई जित्नैपर्ने भन्दै प्रचण्डले यो कुनै आवेग र राजनीतिक स्टण्ट पनि  नभएको बताए ।