काठमाडौँ, १५ साउन । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्