राजनीति

माओवादीको विधान सम्मेलन मंसिरमा गर्ने प्रस्ताव



काठमाडौं, १५ साउन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन गर्ने तयारी गरिएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकबाट केन्द्रीय कमिटीको बैठकमा त्यसबारे प्रस्ताव लैजाने निर्णय गरिएको हो । विधान सम्मेलन आउँदो मंसिरमा गर्ने पदाधिकारीको प्रस्ताव छ ।