Banner News

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीसँग सभामुखको फोन वार्ता



काठमाडौँ, १६ साउन । सत्ता पक्ष र प्रतिपक्षी दलहरूको अडानका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएपछि सभामुख देवराज घिमिरेले जारी अवरोध हटाउन पहल गरेका छन् । 

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग फोन वार्ता गरेर उनले सदन सुचारु गराउन आग्रह गरेका थिए । सभामुख घिमिरेले आज दिउँसो १२ बजे बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरेका छन् । 

पटक पटक सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ  शीर्ष नेताहरूलाई घिमिरेले स्मरण गराएका थिए ।