Banner News

सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित



काठमाडौँ, १६ साउन । प्रतिनिधिसभाको मंगलबार बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष दल र प्रतिपक्षी दलबीच कुरा नमिलेपछि संसद् सञ्चालनको प्रक्रिया प्रभावित भएको हो । 

सहज ढंगले बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँगको छलफलमा सहमति नजुटेपछि सत्ता पक्ष प्रमुख सचेतकको आग्रहमा प्रतिनिधि सभाको अर्को बैठक आगामी साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । विशेष कारण प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन गरिएको संघीय संसदमा महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।