राजनीति

परराष्ट्रमन्त्री एनपी साउदलाई सुनुवाइ समितिले बोलायो



काठमाडौँ, १६ साउन । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई समितिमा बोलाउने निर्णय गरेको छ ।

प्रस्तावित राजदूतको सुनुवाइका क्रममा प्रश्न उठेकाले समितिले मन्त्री साउदलाई समितिको बैठकमा बालाएको हो । समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्ने विषयमा गम्भीर प्रश्न उठेकाले छलफल र ध्यानाकर्षणका लागि मन्त्री साउदलाई बैठकमा बोलाइएको हो ।

यस्तै, समितिले अबको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सक्ने भएको छ । आजको बैठकले अर्को बैठकमा सुनुवाइ सक्ने तय गरेको हो ।