Banner News

शिक्षासम्बन्धी विधेयक सदनमा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति



काठमाडौँ, १६ साउन । मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो । यस्तै, दिगो भू–व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधकारहरुको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा (जीईएफ)बाट प्राप्त हुने १५ लाख ५५ हजार ५०५ अमेरिकी डलर (करिब २० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

बैठकले विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।