Banner News

सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्न गम्भीर देखिएनः महासचिव पोखरेल



काठमाडौँ, १७ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकारले अर्थतन्त्रलाई कमजोर बनाउने ककर्मलाई सुधार गर्ने पक्षमा अझै पनि गम्भीर नदेखिएको आरोप लगाउनुभएको छ ।

सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोग कारणले राजश्वमा कमी आउदा पूँजीगत खर्च कम हुन गई समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्न गएको उल्लेख गर्दै उहाँले सरकारको रवैयाका कारण मुलुक आर्थिक मन्दीको अवस्थामा प्रवेश गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘यतिवेला अस्वभाविक रुपमा राजश्व कम उठ्नुको कारण सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर वनाउदै नियोजित रुपमा तस्करतन्त्र र दलाल नोकरशाही पूँजीवादलाई संरक्षणा गर्नुको परिणाम हो । सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोग कारणले राजश्वमा कमी आउदा पूँजीगत खर्च कम हुनगै समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्न गएको छ र मुलुक आर्थिक मन्दीको अवस्थामा प्रवेश गरेको छ । तर सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर देखिएको छैन । यसप्रति सबै सरोकार पक्षको ध्यान जानु पर्दछ ।’