राजनीति

१६औं राष्ट्रिय आबधिक योजनामा बाल संरक्षणको सवालमा अन्तरक्रिया



काठमाडौँ, १८ साउन । राष्ट्रिय बाल संरक्षण संजाल हिमाली नबिन समाज र फरगेट मि नट को अयोजनामा आयोजित १६ औ राष्ट्रिय आबधिक योजनामा बाल संरक्षण सबालमा अन्र्तकृया राष्ट्रिय बाल संरक्षण संजालको अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षता तथा राष्ट्रिय बाल अधिकार परिषदको उपाध्यक्ष बम बहादुर बानीयाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा परिषदको पूर्वकार्यकारी निर्देशक मिलन राज धरेलले कार्यपत्र प्रस्तुति गर्नु हुँदै १५ औ आबधिक योजनामा समेटिएका बाल संरक्षण सबाल र प्रगती, नेपालमा देखिएको बाल संरक्षणका मुख्य सबालहरु, १६औं योजनामा नयाँ सम्बोधन गर्न आवश्यक सबालहरु र सम्भाबित कार्यक्रमहरुको बारेमा प्रस्तुती गर्नु हुदै पारिबारीक हेरचाह रणनीति आवश्यक रहेको र बालश्रम अन्तको लागि क्षेत्रगत अबधारणाको अबलम्बन आबश्यक रहेको समेत बताउनु भएको थियो ।

राष्ट्रिय बाल अधिकार परिषदको उपाध्यक्ष बम बहादुर बानीयाले बाल संरक्षणको सबालमा १६औ योजनामा समेटन पर्ने बिषय बस्तुमा आधारीत रहि छलफल चलाई सरकारलाई सघाएकोमा राष्ट्रिय बाल संरक्षण संजाललाई धन्यवाद ज्ञापन गर्नु हुदै परिषद सडक बालबालिका मुक्त राष्ट बनाउने अभियानमा कृयाशिल भएकोले सबैको समन्वय र सहकार्यको लागि आह्वान गर्नु भएको थियो । उहाले बालबालिका सम्बन्धि ऐन बमोजिम बाल संरक्षण प्रणालिको सुदृढिकरणको लागि सरकारले बजेट बिनियोजन गर्न आबश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय बाल संरक्षण संजालको अध्यक्ष प्रकाश खतिवडाले १६औं योजनमा बाल संरक्षणको सबाल नछुटोस् भन्नका लागि सरोकारबालाहरुको बिचमा छलफल चलाईएको बारे बताउनु हुँदै बाल श्रम, बाल संरक्षण प्रणालीको सुदृढिकरण, विपदमा बालबालिका, बालबालिकाको पारिबारीक संरक्षण तथा स्याहारको अधिकारको सम्मान र संरक्षणको सबाल लगायत बालबालिकाको संबेगात्मक बिकाश र सुरक्षित प्रारम्भिक बालापनको आधार को रुपमा रहेको प्रारम्भिक बाल बिकाश कार्यक्रम सबै बालबालिकाको पहुचमा पुग्ने सुनिश्चित हुन पर्ने बारे बताउनु भएको थियो ।

परिषदको सदस्य बिनिता खडका श्रेष्ठले १५ औ योजनामा अपागंताको बिषय छुट भएकोले अबको १६औ योजनामा अपागंताको क्षेत्रमा लगानी अभिबृद्धि आबश्यक रहेको बताउनु भएको थियो । बाल हिंसा बिरुद्ध राष्ट्रिय कार्य समन्वय समितीको अध्यक्ष किरण थापाले सडकमा बालबालिका, बाल यौन दुब्र्यबहार, बालबालिका लागु पदार्थ सेबनकर्ताको रुपमा बढिरहेका अबस्थामा बाल संरक्षणको सबाल जटिल बन्दै गईरहेको अबस्थामा १६औ योजना बनाईरहदा संबेदनशिल हुन आवश्यक रहेको बताउनु हुदै यस्ता चुनौतीलाई सामना गर्न सामाजिक, निजी र सरकारबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको थियो । लुनिभाको नरेन्द्र डंगोलले बालिकाहरु आफै बालबिबाह गर्ने दर बढेको, सामाजिक संजालमा बालिका असुरक्षित, परिबारमा बालबालिकालाई असुरक्षा भएको अबस्थामा अब राज्यले यस क्षेत्रमा ध्यान दिन पर्ने औल्याउनु भएको थियो ।

एटबिनको बेनुमाया गुरुङले बालबालिकाको बेचबिखन, वैदेशिक रोजगारबाट बालबालिकामा परेको नकारात्मक प्रभाव, एचआईभि संक्रमित र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अबस्था बिश्लेषण गरि उनीहरुको अधिकार स्थापितको लागी १६ आंै योजनामा समेटिन आबश्यक रहेको बताउनु भएको थियो । यसैगरि विश्वास नेपालको अध्यक्ष तारा भण्डारीले मनोरन्जन क्षेत्रमा भएको भयाबह समस्याको बारेमा उजागर गर्नु हुदै मनोरन्जन क्षेत्रको बालश्रमको अन्त्यको लागि क्षेत्रगत अबधारणा अबलम्बन गर्न माग गर्नु भएको थियो ।

हिमाली नबिन समाजको धन बहादुर लामाले बालबालिका र बैकल्पिक हेरचाहको सबाल उठान गर्नु हुदै बालबालिका सम्बन्धि ऐन २०७५ मा उल्लेखीत चार प्रकृतिक बैकल्पिक हेरचाहको ब्यवस्थाको कायान्वयन गर्न आग्रह गर्नु हुदै आवश्यकताको आधारमा स्थानीय पालिकामा अस्थाई बाल गृह स्थापनाको ब्यबस्थापन मिलाउन आग्रह गर्नु भएको थियो । उहाले घटना ब्यबस्थान र परिबार पुनएकिकरणको बिचमा तादम्यता मिलाउन समेत आग्रह गर्नु भएको थियो । एनएसिजिको पूर्वअध्यक्ष रबिन नेपालीले बालगृहलाई ब्यवस्थापन गर्न नसकेको कारण आज हास्टेलमा बिकृती बढेको बताउनु हुदै योजनाबद्ध तरिकाबाट कानुन अनुरुप बालगृहका बालबालिकाको ब्यबस्थापन गर्न आग्रह गर्नु भयो । सरकारबाट लहडको रुपमा नभई घटना अध्ययन गरि बिकल्प दिएर मात्र बालगृहमा रहेका बालबालिकाको परिबार पुर्नमिलन गराउन आग्रह गर्नु भएको थियो । एनसिएफएलजि फोरमका अध्यक्ष अशोक खनालले विद्यालय र समुदाय बालमैत्री हुन पर्ने र यसको लागि योजनामा समेटन आवश्यक रहेको बताउनु भएको थियो ।

आसमान नेपालको दिपेद्र तिबारीले विद्यालय नगएका बालबालिकालाई खोजिखोजि जीबन उपयोगी शिप र आयमुलक शिपको ब्यवस्थापन गर्न आबश्यक रहेका औल्याउनु भएको थियो । साईन टुगेदरको बीरेन्द्र शाहीले बालगृहबाट पारिबारीक पुर्नमिलनको खाका तयार गर्दै परिबारमा पुर्नमिलन भएका बालबालिकाको भबिश्य सुनिश्चितको योजना बन्नु पर्ने धारणा राख्नु भएको थियो । चाईल्ड नेपालको तोयानाथ तिबारीले सबै सेबा प्रदायक निकाय अपागं मैत्री हुन आवश्यक रहेको बताउनु भएको थियो । स्वतन्त्रता अभियानकी सामना बरालले बालबेचबिखन, बालश्रम र बालयौन दुब्र्यबहारमा अबको १६औ योजना केन्द्रित हुन पर्ने भनि धारणा राख्नु भएको थियो । युवा अधिकार कर्मी रकी प्रसाद शाहले बाल संरक्षण बिना बालअधिकार सुनिश्चित नहुने भएकोले यसलाई महत्व दिनु पर्ने बताउनु भएको थियो । एनसिपिएको महासचिबले ज्ञान भक्त महर्जनले कार्यक्रम संचालन गर्नु हुदै प्राप्त सुझाबहरु राष्टिय योजना आयोग, मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद र एनएसिजिमा पेश गरिने बारे बताउनु भएको थियो ।