राजनीति

संवैधानिक परिषद्को बैठक बस्दै



काठमाडौँ, १८ साउन । संवैधानिक परिषद्को बैठक आज बस्दै छ ।

प्रधानन्यायाशीध, रिक्त रहेका संवैधानिक अंगमा सिफारिसलगायत विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् ।

त्यस्तै, प्रधानन्यायाधिश हरिकृष्ण कार्कीको पनि साउन २० गतेदेखि पदावधि सकिँदै छ। तर, संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गरेको छैन । महालेखा परीक्षक टंकमणि शर्माले ६ वर्षे कार्यकाल पूरा गरी जेठ ७ गतेदेखि अवकाश लिएपछि रिक्त छ । संविधान अनुसार महालेखा परीक्षकको पदावधि सकिन एक महिना बाँकी छँदै सिफारिस भइसक्नु पर्ने थियो । आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ। उनी वरिष्ठतम् न्यायाधीशको रोलक्रममा अगाडि छन् । File Photo