समाचार

मनसुनः आज देशैभर भारी बर्षाको सम्भावना




काठमाण्डौ,२७ साउन । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक सरेपछि आज देशका धेरै स्थानमा मध्यम, देखी भारी वर्षा हुन सक्ने पूर्वानुमान् गरिएको छ ।
सोही अनुसार देशका मुख्य नदी र त्यसका सहायक नदीहरूमा जलसतह पनि उल्लेख्य बढ्ने पूर्वानुमान् छ।
बाढी पूर्वानुमान् महाशाखाले आज सप्तकोशी, तमोर, अरूण, दूधकोशी, तामाकोशी, सुनकोशी, नारायणी, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, भेरी, पश्चिम सेती, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा जलसतह बढ्ने जानकारी दिएको छ।
यीमध्ये बागमती नदीको जलसतह सतर्कता तह पुग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक आसपास भइ बहने स(साना नदीहरूमा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।