राजनीति

कर्णालीका स्वतन्त्र सांसद शाही कांग्रेसमै फर्किए



सुर्खेत, २८ साउन । कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही पार्टीमा फर्किएका छन् ।

पार्टीले कारबाही फुकुवासँगै केन्द्रीय कमिटीले अनुगमन गरेसँगै शाही नेपाली कांग्रेसमै फर्किएका हुन् । जुम्ला निर्वाचन क्षेत्र (क) बाट निर्वाचित उनी प्रदेश सभा निर्वाचनमा पार्टीले टिकेट नदिएपछि स्वतन्त्र भएर चुनाव लडेका थिए । उनले कांग्रेसकै प्रदेश सभापति ललितजंग शाहीलाई नै पराजित गरेका थिए । 

साथै उनले चुनावताका आफूले कांग्रेस त्यागेको नभई पार्टीले अन्याय गरेको कारण बाध्य भएर स्वतन्त्र उम्मेदवार भएको भनेर भोट मागेको पनि बताए । जुम्लामा संस्थापन पक्षबाट प्रदेश सभापति शाही र इत्तरपक्षबाट सांसद शाहीको आन्तरिक लडाइँ हुने गरेको छ । सांसद शाही पार्टीमा फर्किएसँगै प्रदेश सभामा कांग्रेस सांसदको सङ्ख्या १५ पुग्ने भएको छ ।