राजनीति

मन्त्री बस्नेत र राष्ट्रसंघका आवासीय संयोजक हन्नाबीच भेटवार्ता



काठमाडौँ, २९ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच   शिष्टाचार भेटवार्ता भएको छ ।

आज स्वास्थ्य मन्त्रालयमा मन्त्री बस्नेत र संयोजक सिंगरबीच भेटवार्ता भएको हो  । भेटका क्रममा उनीहरुबीच नेपालको स्वास्थ्य क्षेत्रको सुधारका विषयमा छलफल भएको थियो । छलफलमा संयोजक हन्नाले नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक सहयोग र सहकार्य जारी रहने प्रतिबद्धता जनाएकी छन् । 

छलफलमा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य जारी रहने सिंगरको प्रतिबद्धताप्रति धन्यवाद दिएका छन् ।