Banner News

राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाउँदै



काठमाडौँ, ३२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन् । राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको बताए । 

थापाका अनुसार शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने भएको छ । गत शुक्रबार राष्ट्रपति पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि योबीचमा छलफल गरेका थिए ।