राजनीति

नेपालले भारत सरकारलाई माग्यो धान, चामल र चिनी



काठमाडौँ, ३२ साउन । नेपाल सरकारले भारत सरकारसँग धान, चामल र चिनी आयातका लागि पत्र लेखेको छ ।

आगामी चाडपर्वमा सम्भावित खाद्यान्नको अभाव हुन नदिन भारतलाई धान, चामल र चिनी माग गर्दै पत्र लेखिएको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव रामचन्द्र तिवारीका अनुसार गत हप्ता परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्र पठाइएको थियो । नेपालले भारतसँग १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनी माग गरेको छ ।

हाल नेपालमा चामल र चिनीको अभाव छैन । तर, भारतले बासमतीबाहेकको चामल अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि प्रतिबन्ध लगाएसँगै आगामी दिनमा अभाव हुने आङ्कलन गरिएको छ । यसमा सावधानी अपनाउँदै नेपाल सरकारले खाद्यान्न आयातका लागि माग गरेको तिवारीको भनाई छ ।