राजनीति

सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ



काठमाडौँ, १ भदौ । सुन तस्करीको आरोपमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गए राति उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार पक्राउ परेकाहरूबारे अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । दुवैजनालाई काठमाडौंबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएको साउन ३१ गते पनि ब्युरोको टोलीले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा संगठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ ।

सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ जना पुगेको प्रवक्ता कडायतले बताए । रासस