राजनीति

५ जना एआईजीको सरुवा



काठमाडौँ, २ भदौ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा गरेको छ ।

पदस्थापन भएको ४ महिनामा नै एआईजीहरू सरुवा भएका हुन् । उपत्यका प्रहरी कार्यालयमा एआईजी दीपक थापालाई ल्याइएको छ । थापा यसअघि प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत थिए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारी, प्रशासन विभागमा मिरा चौधरी, कार्य विभागमा श्यामलाल ज्ञवाली र मानवश्रोत विकास विभागमा टेक प्रसाद राईलाई सरुवा गरिएको छ ।