Banner News

संसदको गतिरोध हटाउन सर्वदलीय बैठक




काठमाडौ ३ भदौ । संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलसँगको बैठक शूरु भएको छ । छलफल सुरु भएको छ बैठकसदन सुचारु गर्ने विषयमा केन्द्रित हुने बताइएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर, एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।
बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरि, रास्वपा सभापति रवि लामिछाने, प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतको सहभागीता रहेको छ ।