राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने



काठमाडौँ, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले  आज विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ । कोशीमा सभामुख रिक्त छ । उपसभामुख सिर्जना दनुवारले आजको बैठक सञ्चालन गर्नुपर्नेछ । बैठक सूचारू हुनेबेलासम्म एमालेले दनुवारलाई उपसभामुखबाट राजीनामा गराउने भय सत्तापक्षलाई छ ।

त्यसो हँदा ज्ये प्रदेश सभा सचिवालयका अनुसार एमाले र राप्रपाका ज्येष्ठ सांसदहरुले आइतबारै सचिवालयमा बिदा मागेका छन् । प्रदेश सभा सचिवालयका अनुसार सोमबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिने सांसदहरुमा एमालेका रोहिदबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६), खड्गबहादुर बस्नेत (६७), किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी (६४) ले भोलिको बैठकमा अनुपस्थित हुने सूचना प्रदेशसभा सचिवालयमा दिएका हुन् । एमालेका जेष्ठ सदस्यले बैठकमा अनुपस्थित हुने सूचना दिएकोले उपसभामुख सिर्जना दनुवारको राजीनामाको संभावना देखिएको छ। एमालेबाहेक राप्रपाका अम्बरबहादुर विष्ट (६८) र गोपालबहादुर विश्वकर्मा (६५) पनि भोलिको बैठकमा उपस्थित नहुने जानकारी गराएका छन् ।