राजनीति

प्रदीप गिरि बीपी पछिकै ठूलो समाजवादी चिन्तकः सभापति देउवा



काठमाडौँ, ४ भदौ । नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरि बीपी काेइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताउनुभएको छ । 

सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व. गिरिको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादी चिन्तकको रुपमा बीपी काेइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरिकै नाम आउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समाजवादी चिन्तकको रुपमा बीपी काेइरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ । उहाँ धेरै ठूलो विद्वान हो, बीपी पछिको ठूलो समाजवादी चिन्तक हो । उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ । उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रुपमा लिएको छु । उहाँका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ । त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ ।’