राजनीति

समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलले बहस गर्न जरुरी : उपमहासचिव ज्ञवाली



काठमाडौँ, ४ भदौ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलहरुले बहस गर्न जरुरी रहेको बताएका छन् ।  

स्कुल अफ डेमोक्रेसीले सोमबार काठमाडौँमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषय कार्यक्रममा उनले राजनीतिक दलहरुले सत्तामा नभई संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्रबारे बहस गर्न केन्द्रित हुनुपर्ने बताएका हुन् । उपमहासचिव ज्ञवालीले आजको समाजवादबारे सार्थक बहस गर्न स्वर्गीय प्रदीप गिरीको चिन्तन उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।

उनले नेपाली राजनीतिमा बौद्धिकताको खडेरी परिरहेका बेला स्वर्गीय गिरीले दिएको अभिव्यक्ति, लेखहरु नेपालको समाजवाद उन्मुख अर्थतन्त्रलाई अगाडि बढाउन मार्ग निर्देश हुने समेत बताए । उपमहासचिव ज्ञवालीले प्रदीप गिरीको आदर्श र विचारले मुलुकको राजनीतिलाई निर्देश गरिरहेको दाबी समेत गरे ।