राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत



मोरङ, ४  भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले विश्वासको मत पाएका छन् ।

उनको पक्षमा ४७ मत रहेको थियो भने विपक्षमा ३० मत परेको थियो । ९३ जना सदस्य रहेको प्रदेशसभाको आजको बैठकमा ७७ जनाको उपस्थिती रहेको थियो ।

प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको छ । उनले मतदानको समय सकिएर मत सच्याउने समयमा सभामुखको आसन छाडेर तल आई मत दिएका थिए ।