राजनीति

 अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता



काठमाडौँ, ५ भदौ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न थम्पसन मंगलबार बिहान ओलीको निजी निवास बालकोट पुगेका हुन्। 

 राजदूत थम्पसनसँगको भेटपछि अध्यक्ष ओलीले बालकोट पेजमा भेटघाटको तस्बिर राख्दै शिष्टाचार भेटघाट भएको जनाएका छन् । भेटमा दुई देशबीचको सम्बन्ध तथा अन्य समसामयिक विषयमा छलफल भएको बुझिएको छ ।