राजनीति

एकीकृत समाजवादीको सङ्गठनात्मक शक्ति (विवरणसहित)



काठमाडौँ, ५ भदौ । नेकपा एकीकृत समाजवादीले पार्टीको सङ्गठनात्मक संरचना केन्द्र, प्रदेश र स्थानीय गरी मुख्य तहमा विभाजित भएको जनाएको छ । 

जसअनुसार  केन्द्रमा केन्द्रीय कमिटी, तीन वटा केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषद्, केन्द्रीय विभाग, प्रदेश तहमा भूगोलका सात वटा प्रदेश कमिटी र स्थानीय तहमा सतहत्तर जिल्ला कमिटी, अधिकांश पालिका कमिटी र आधाभन्दा बढी वडामा वडा कमिटी गठन भएको अध्यक्ष माधव कुमार नेपालले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।