Banner News

गृहमन्त्रालयद्वारा अवैध कुखुरा आयात रोक्न ५ बुँदे निर्देशन



काठमाडौँ, ५ भदौ । गृह मन्त्रालयले भारतबाट हुने अवैध कुखुराको आयात रोक्न ५ बुँदे निर्देशन दिएको छ ।

३ भदौमा मन्त्रालयमा भएको सरोबारवालासँगको छलफलपछि यस्तो निर्देशन भएको मन्त्रालयले जनाएको छ । आइतबार भएको छलफलमा व्यवसायीले भारतसँगको खुला सीमा नाकाको फाइदा उठाउँदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको गुनासो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गरेका थिए ।

सोही गुनासो सम्बोधन गर्न भन्दै मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयलाई अवैध कुखराको आयात रोक्न निर्देशन जारी गरेको मन्त्रालयले जनाएको छ । जसअनुसार मन्त्रालयले खुला सीमा नाकाबाट गैरकानुनीरुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रण गर्ने, अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने, सीमा नाकामा गस्ती निगरानी बढाउने उल्लेख छ ।