राजनीति

उच्चस्तरीय छानबिन समिति बनाउने मागबाट एमाले पछि हट्दैन : महेश बर्तौला



काठमाडौँ, ५ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने बताएका छन् ।

आज संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले चाहेको भए आज नै संसद् अवरोध खुल्न सक्ने भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण संसद् खुल्न नसकेको बताए ।

उनले भने,  “एमाले संसद् सुचारु हुनुपर्छ भन्ने पक्षमा नै छ तर प्रमुख प्रतिपक्षले उठाएको माग उपयुक्त छैन भनेर सरकार अटेर गरेर बसेको छ । हामीले यो माग उठाइरह्यौँ । हिजो बैठकमा एक प्रकारको उच्चस्तरीय छानबिन समिति बनाउन तयार छौँ भनेको छ,” “उच्चस्तरीय छानबिन समिति निर्माण नभइकन यो मागबाट एमाले पछि हट्दैन । तस्करको संरक्षण गर्ने सरकारको जे कार्यशैली छ, यसको विरोध कायम राखिरहन्छौँ । यसमा सरकार पूरा गर्ने प्रतिवद्धताका साथ ओर्लिएको छ ।”