राजनीति

ललितानिवास जग्गा प्रकरणको किर्ते मुद्दा अदालतमा



काठमाडौँ, १० भदौ । ललितानिवास जग्गा प्रकरणमा किर्ते मुद्दा अदालत लगिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अदालतमा मिसिल पुर्‍याएको हो । सरकारी वकिलले २९० जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गर्नका लागि अभियोग पत्र लगेको छ । 

जिल्लाको सम्पूर्ण टिमले मुद्दाका लागि आवश्यक प्रक्रिया पुरा गरेपछि कार्यालय फर्किएका छन् । सरकारी वकिल कार्यालयले मुद्दा भने किर्तेमा मात्र लगाएको छ । संगठित अपराधसम्बनधी कानुन नै नभएको समयमा भएको घटनामा पस्चातदर्शी कानुन लगाउन नमिल्ने भएका कारण संगठित अपराधमा मुद्दा नचलाएको बताइएको छ ।

२९० जना प्रतिवादी मध्ये १७ जना पक्राउ र अन्य फरार छन् ।