धनगढी, १३ भदौ । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मंगलबार बेलडाँडी गाउँपालिका-१ को हुलाकी राजमार्गमा सुुुपप्र०२००३प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३६ वर्षीय सुनिल सार्कीको मृत्यु भएको हो ।
सार्कीले चलाएको मोटरसाइकल सडकमा रहेको खाल्डोमा परेर अनियन्त्रित भएर दुर्घटनामा परेको हो । गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्