समाचार

डेंगु संक्रमितको सख्या २१ हजार नाघ्यो



काठमाडौँ, १४ भदौ । डेंगु संक्रमितको सङ्ख्या २१ हजारभन्दा बढी नागेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्यांक अनुसार २१ हजार २०६ जनामा संक्रमण भएको छ ।

गएको साढे सात महिनाको अवधिमा ७५ जिल्लामा डेंगु संक्रमणका कारण १३ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमात्रै १६ हजार २१६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसपछि बागमती प्रदेशमा ३ हजार १४६ जनामा पुष्टि भएको छ भने तेस्रोमा गण्डकी प्रदेशमा ६४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै, क्रमशः  सुदूरपश्चिम प्रदेश ५९८, लुम्बिनी प्रदेश ३६४, मधेस प्रदेशमा १९१ र कर्णाली प्रदेशमा ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।