राजनीति

पोखरामा समाजवादी मोर्चाको सन्देश सभा आज



काठमाडौँ, १५ भदौ । समाजवादी मोर्चाको सन्देश सभा आज गण्डकी प्रदेशमा हुने भएको छ ।  पोखरामा आयोजना हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’पोखरा जाने छन् ।