समाचार

भोलि काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रम विद्युत अवरूद्ध हुने



काठमाडौँ, १५ भदौ । भोलि काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा साढे ८ घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले टेकू तथा के-थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।