Banner News

कोसी सरकारविरुद्धको रिट मल्ल, चुडाल र सुवेदीको इजलासमा 



काठमाडौँ, १८ भदौ । कोसी प्रदेश सरकारविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको छ ।

कोसी सरकारका मुख्यमन्त्री उद्धव थापासहितलाई विपक्षी बनाउँदै नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमाथि आजदेखि नियमित सुनुवाइ हुनेछ ।

यसअघि, यही भदौ ७ गते ईश्वरप्रसाद खतिवडाको इजलासले कोसी सरकारविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । अदालतले दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश दिएको थियो ।