Banner News

कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक हमला



काठमाडौँ, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँको भृकुटीमण्डपमा सांघातिक हमला भएको छ ।

बुधबार दिउँसो नुवाकोटाका श्याम सापकोटाले आक्रमण गरेको जनाइएको छ । उनले धारितो हतियारले आक्रमण गरेपनि यादव खतरामुक्त अवस्थामा रहेका छन् । रिपोटर्स क्लबबाट बाहिरिएपछि यादवमाथि आक्रमण भएको जनाइएको छ ।